Tune to BFM 91.2|Biratnagar

अब उपभोक्ताले ग्यास सिलिण्डर आधा मात्र भरेको पाउने

काठमाडौं १३ चैत । नेपाल आयल निगमले सिलिन्डर अब आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । अबदेखी उपभोक्ताले सिलिण्डर आधा मात्र भरेको ग्यास पाउने भएका छन । अहिले एउटा सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ ।

तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगम अधिकारीका अनुसार मागअनुसार ग्यास र्पुयाउन गार्हो हुने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो । आयल निगमले गए राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले बताउनु भयो ।

२०७२ सालमा भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो ।अहिले कोरोना भाइरसको सन्त्रासका कारण बजारमा ग्यासको माग उच्च रहेको अधिकारीको भनाई छ । तर बजारमा आपूर्ति निकै कमजोर छ, कालोबजारी मौलाएको छ ।

सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ । सबैलाई ग्यास उपलब्ध गराउन आधा सिलिण्डर मात्र भरेर बेच्न लागिएको सरकारको तर्क छ ।

एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेले आधा सिलिण्डर ग्यास भर्न सुरु गरिसकेको र सरकारबाट थप निर्देशन कुरिरहको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button