Tune to BFM 91.2|Biratnagar

अब कोही पनि ब्यक्ति भोकै बस्नु पर्दैन – प्रधानमन्त्री ओली

विराटनगर, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि ब्यक्ति भोकै बस्नुनपर्ने बताउनुभएको छ । झापाको दमकमा आयोजित दमक चिसापानी रवि सडक शिलन्यास समारोहमा बोल्दै उहाँले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै नपर्ने बताउनुभयो । उहाँले सरकारको काम देखेर बिपक्षी आत्तिएको आरोप लगाउनुभयो । सरकारको काम सामु घुँडा टेकेको दाबि गर्नुभयोे ।

आफु प्रधामन्त्री भएपछि देशभर ३ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताउनुभयो । यस्तै २३५ वटा पुल बनेको जानकारी दिनुभयो । नेपाल कृषिको उर्वर भुमि रहेकाले यहाँ कृषि आधुनिकिकरणको माध्यमबाट देशको अर्थतन्त्रमा टेवा पुर्याउने बताउनुभयो । उहाँले वर्तमान सरकार बिकास निर्माणको क्षेत्रमा तिव्र गतिमा लागिरहेको दाबि गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार बहुप्रतिक्षित दमक चिसापानी रबि सडकको शिलन्यास गर्नुभएको छ । नेपाल सरकार भौतिक पूर्वधार मन्त्रालयमार्फत सडक डिभिजन कार्यलय दमकको आयोजनामा काम भईरहेको सो सडकको आज एक कार्यक्रमकाबिच ओलीले शिलन्यास गरेका हुन् । सो सडकको ३ खण्डमा काम भईरहेको भौतिक पूर्वधार मन्त्री बसन्त कुमार नेम्बाङ्गले बताउनुभयो । यो सडकको अबको ३ बर्षमा सम्पन्न हुनेछ ।

यो सडक बनेसँग झापा ,इलाम र पाँचथरका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । यसअघि ओलीले दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सम्पन्न भएको सडक, दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उद्घाटन गर्नुभयो । यस्तै ओलीले आजै दमकमा निर्माण सम्पन्न भएको एकिकृत नमुना वस्तीको समेत समुदायमा चाँबी हतान्तरण गर्नुभयोे । सो नमुनावस्ती दमक नगरपालिका,प्रदेश र केन्द्र सरकारको करिब ३ करोडमा आयोजना सम्पन्न भएको हो । प्रधानमन्त्री ओली आजै काठमाडौ फर्किनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button