अमेरिकामा फ्लोरेन्सको डर ः चार राज्यमा आपतकालको घोषणा

0
145

भदौ २८,काठमाण्डौ । समुद्री आँधी ‘फ्लोरेन्स’बाट बच्न अमेरिकाको पूर्वी तटीय क्षेत्रका बासिन्दा सुरक्षित ठाउँमा जान थालेका छन् । अहिले १ सय ९५ किलोमिटर प्रति घण्टाको गतिमा अघि बढीरहेको क्याटगोरी थ्री आँधी फ्लोरेन्स स्थानीय समय अनुसार आज बेलुकासम्ममा अमेरिकाको पूर्वी तटीय क्षेत्रमा पुग्ने र यो निकै भयानक बन्न सक्ने चेतावनी दिइएको छ । आँधीका कारण साउथ क्यारोलिन, नर्थ क्यारोलिन र भर्जिनिया राज्यका तटीय क्षेत्र बढी प्रभावित हुने बताइएको छ । यस्तै आँधीका कारण जर्जिया, मेरिल्याण्ड तथा वासिङ्गटन डिसीसहितका राज्यमा पनि प्रभाव पर्ने देखिएको छ हिजो जर्जिया राज्यले आपतकालको घोषणा गरेको छ । यसअघि भर्जिनिया, मेरिल्याण्ड र वासिङ्गटन डिसीले आपतकालको घोषणा गरेका थिए । यो आँधी अमेरिकामा एक दशकयताको ठूलो हुने बताइएको छ । ठूलो आँधी आउने खतरा बढेपछि जोखिमयुक्त क्षेत्रका १७ लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको बीबीसीले जनाएको छ । मौसम विज्ञानका अनुसार क्यारोलिना प्रवेश गर्दा एटलांटिकको तातो पानीका कारण यसको गति अझै बढ्न सक्ने छ । नेशनल हुरिकेन सेन्टर एनएचसीले फ्लोरेन्स नामक सामुद्रिक आँधीलाई ‘अत्याधिक खतरनाक’ बताएको छ । यसले तटीय क्षेत्रमा भारी वर्षा गराउने पनि अनुमान गरिएको छ ।
…………………..

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here