Tune to BFM 91.2|Biratnagar

अमेरिकामा मात्रै ६३ हजारभन्दा बढीको मृत्यु

विराटनगर, १९ वैशाख । अमरिकामा मात्रै विश्वको एक तिहाई कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ । विश्वका २ सय १२ देशमा ३३ लाख ४ हजार संक्रमित हुँदा अमेरिकामा मात्रै १० लाख ९५ हजार संक्रमित नाघेका हुन् ।

जसमध्ये अमेरिकामा ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वभर आज विहान सम्म २ लाख ३३ हजार ८ सय २९ जनाको व्यक्तिको मृत्यु भैसकेको छ । संक्रमित मध्ये करिब एक तिहाई भने उपचारपछि निको भई घर फर्किएका छन् ।

यसरी निको भएर फर्किनेको संख्या भने १० लाख ३९ हजार रहेको छ । अमेरिकापछि बढी मानिसको मृत्यु हुनेमा इटाली रहेको छ । त्यहाँ २७ हजार ९ सयभन्दा बढीको मृत्यु भएको हो । यसैगरी स्पेनलाई उछिन्दै बेलायतमा २६ हजार ७ सय बढी, स्पेनमा २४ हजार ५ सय बढी, फ्रान्समा २४ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ ।

यसैगरी बेल्जियम ७ हजार ५ सयभन्दा बढी, जर्मनीमा ६ हजार ६ सयभन्दा बढी, इरानमा ६ हजारभन्दा बढी, ब्राजिल ५ हजार ९सयभन्दा बढी, नेदरल्याड्स ४ हजार ७ सय बढी, टर्की ३ हजार बढी, क्यानडामा ३ हजार व्यक्तिको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्याको ३४ हजार ८ सय ६३ पुग्दा १ हजार १ सय ५४ ले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button