अमेरिकी राष्ट्रपति ट्रम्प आफै कर छलीमा संलग्न

0
122

काठमाण्डौं, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना बुबा–आमालाई लाखौं डलर कर छली गर्न सहयोग गरेको न्युर्याेकस्थित कर विभागले खुलासा गरेको छ । शंकास्पद शीर्षकको करबाट धोका दिने उद्धेश्यले सन् १९९० को दशकमा कर छली गर्न सहयोग गरेको विभागले आरोप लगाएको छ । राष्ट्रपति ट्रम्पले भने सो आरोपको खण्डन गर्नुभएको छ । एक लाख पाना लामो अनुसन्धान प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले आफ्ना बुबाबाट ४१ करोड ३० लाख डलर सम्पति लिएको खुलेको छ । आफ्ना बुबालाई कर छलीमा सहयोग गरे बापत सो रकम लिएको कर विभागको प्रतिवेदनमा उल्लेख छ । कागजीरुपमा सम्पतिको मुल्यांकन कम गरेर कर छली गरेको प्रतिवेदनमा उल्लेख छ । १० लाख डलरबाट अरबपती भएको दाबी गर्दै आएका ट्रम्पको सबै सम्पतीको आयव्यय कर विभागको प्रतिवेदनमा समावेश गरिएको बीबीसीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here