Tune to BFM 91.2|Biratnagar

अलपत्र परेका करिव ६ सयलाई विराटनगर महानगरपालिकाले गन्तव्य तर्फ पठायो

बिराटनगर १५ वैशाख । लकडाउनका कारण अलपत्र परेका करिव ६ सय जनालाई विराटनगर महानगरपालिकाले गन्तव्य तर्फ पठाएको छ ।

काठमाण्डौं बाहेकका व्यक्तिहरु गन्तव्यमा पुगेका छन् । काठमाण्डौं गएकाहरुलाई भने विराटनगरनै फिर्ता गर्न जिल्ला प्रशासन कायाएलय काठमाण्डौंले निर्देशन दिएको छ । विराटनगर माहनगरपालिकाले आईतबार र सोमबार गरि ५ सय ९५ जना व्यक्तिहरुलाई २७ वटा वसमा गन्तव्य तर्फ पठाएको हो।

यातायात व्यवसायी, निजी विद्यालय लगायतसँगको समन्वयमा महानगरपालिकाले पठाईएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनुभयो ।महानगरपालिकाले सर्वसाधारणसँगै विभिन्न जिल्लाहरुबाट अध्ययनका लागि विराटनगरमा रहेका विद्यार्थीलाई पनि पठाएको छ ।

महानगरपालिकाको समन्वयमा प्याव्सनको निर्देशन अनुसार घरजान चाहने विद्यार्थीलाई विभिन्न निजी विद्यालयको स्कुल बसमा पठाईएको प्याव्सन विराटनगर सचिव अर्जुन श्रेष्ठले बताउनुभयो । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ ।

लकडाउनका कारण विराटनगरमा उपचार गर्न आएकाहरुपनि एक महिना सम्म फर्कन पाएका थिएनन् । एक महिनासम्म अलपत्र परेको अवस्थामा विराटनगर महानगरपालिकाले घर पुर्याउने प्रवन्ध गरेकोमा खुशी लागेको सप्तरी छिन्नमस्ताका रामचन्द्र झा बताउनुभयो । अलपत्र परेकाहरुलाई घरसम्म पठाउनुअघि स्वास्थ्य परिक्षण गरिएको थियो ।

यात्रुलाई वसमा सामाजिक दुरी कायमगरि पठाइएको विराटनगर वडा नं. ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button