Tune to BFM 91.2|Biratnagar

अविश्वासको प्रस्तावको पक्षमा उभिन्छौं : रामचन्द्र पौडेल

विराटनगर, १० माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताउनु भएको छ । आज विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताउनुभयो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावमा समर्थन गर्ने नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ । वरिष्ठ नेता पौडेलले कांग्रेस प्रतिपक्षी भएकाले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताउनुभयो ।

‘केन्द्रमा पनि छाया सरकार बनाएका छौं । प्रदेशमा पनि हामी प्रतिपक्षी हो,’ उहाँले भन्नुभयोे‘अविश्वासको प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलापमा हामी जान्छौँ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा नाममा अस्थिरता ल्याउन खोजेको भन्दै उहाँले अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गर्नुभयोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button