Tune to BFM 91.2|Biratnagar

अविश्वासको प्रस्ताव विधि संवत छैन : प्रवक्ता कार्की

विराटनगर २१ पुस । प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश सभामा दर्ता गरिएको अविश्वासको प्रस्ताव विधि संवत नभएको बताउनुभयो ।
नेकपाको (दाहाल–नेपाल) समूहले मुख्यमन्त्री राई विरुद्ध पुस १२ गते प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्ताव विधि संवत नभएको उहाले बताउनुभयो । विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दे मन्त्री कार्कीले विधि अनुसार प्रदेशसभामा पेश नगरिएकाले अविश्वास प्रस्तावको औचित्य नभएको बताउनुभयो ।

उहाले शेरधन राई नेतृत्वको सरकारले निरन्तरता पाउने दावी गर्नुभयो । माघ ७ गते प्रदेशसभा आह्वान गरिएकाले सोही दिन संसदमा ‘फेस’ गर्न तयार रहेको उहाको जिकिर छ । मन्त्री कार्कीले भन्नुभयो कानुनी रुपमा अविश्वास प्रस्ताव आए फेस गर्न तयार छौं ।’

संसदीय दलको विधान प्रदेशसभामा दर्ता
प्रदेश १ मा नेकपा (दाहाल–नेपाल) र ओली समूहले एक अर्काे समूहका नेतालाई कारबाही गर्ने क्रम बढे पनि विधान संवत नभएको देखिएको छ । सरकार गठन भएको दुई वर्षपछि मात्र नेकपा संसदीय दलको विधान प्रदेशसभा सचिवालयमा दर्ता हुनुले समूहगत रुपमा एकले अर्काेलाई कारबाही गरे पनि व्यवहारिक रुपमा त्यो कार्यान्वयन नहुने देखिएको हो ।

प्रदेश १ मा संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर भीम आचार्य र प्रमुख सचेतकबाट बुद्धिकुमार राजभण्डारीलाई पदबाट हटाई उनको ठाउँमा सौभाग्यवती राईलाई ल्याइएको दाहाल–नेपाल समूहले जनाएको छ । संसदीय दलको नेताको हैसियतमा राईले पनि दाहाल–नेपाल समूका १६ सांसदलाई निलम्बन गरेका छन् । दुई समूहबीच विवाद चर्कन थालेपछि मात्र नेकपा प्रदेश १ संसदीय दलको विधान प्रदेशसभा सचिवालयमा दर्ता गराइएको छ ।

कारबाहीको प्रक्रिया सुरु भएसँगै दलको विधानबारे प्रदेशसभासचिवालयले चासो दिएर खोजी गरेको थियो । तर, विधान नै दर्ता नभएको पाइयो ।शुक्रबार मात्र नेकपा संसदीय दलको विधान २०७६ दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button