Tune to BFM 91.2|Biratnagar

अविश्वासको प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई

विराटनगर १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताउनु भएको छ ।प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिनु भएको छ ।

‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने निर्देशित ढंगबाट यो अविश्वासको प्रस्ताव दर्ता भएको छ’, मुख्यमन्त्री राईले भन्नुभयो ।

उहाले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताउनु भयो। मुख्यमन्त्री राईले यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरुको साथ पाउने आशा गर्नुभएको छ ।

उहाले प्रदेश १ मा अब सर्वदलीय सरकार बन्न सक्ने संकेत गर्नुभयो । ‘मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वास प्रस्ताव केन्द्रकै असर भएको तर्क गर्नुभएकोछ । आफूले प्रदेशलाई गतिका साथ अगाडि बढाइरहेको र अविश्वास ल्याउनुपर्ने कारण नरहेको बताउनुभयो ।राईले संसद विघटनको प्रस्ताव सही कदम भएको बताउनुभयो । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button