Tune to BFM 91.2|Biratnagar

अवैध काठ सहित ३ जना पक्राउ

विराटनगर ५ साउन । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलबाट अवैध काठ सहित ३ जना पक्राउ परेका छन ।

अबैध काठ बोकेर विराटनगरतर्फ आउँदै गरेको ट्याक्टरसहित तीनजनालाई प्रहरीले आज पक्राउ गरेको होे । प्रहरीले को २ त ३२४८ नम्बरको ट्रयाक्टर र ट्रयाक्टरमा लोड गरी चोरी गरेको काठको गोलिया विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रंगेली नगरपालिका–३ बस्ने २७ बर्षिय चालक मेघनाथ मण्डल, विराटनगर ६ रामपुर बस्ने सहचालक २० बर्षीय ओम प्रकाश र कुमार यादव रहेकाछन ।

उनीहरुले कटहरी–४ रामपुर चौकबाट रुखको गोलिया चोरी गरेर विराटनगरतर्फ बिक्रीका लागि ल्याएको प्रहरीले अनुमान गरेको छ ।

पक्राउ परेका तीनै जना सहीत ट्याक्टरलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाउने तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button