अवैध प्याज बरामद
विराटनगर २९ मंसिर । विराटनगर महानगरपालिका –१४ जतुवा नहरबाट भारतबाट अवैध रुपमा भित्रयाइएको प्याज प्रहरीले बरामद गरेको छ ।
प्रहरीले भन्सार छलेर नेपाल भित्र्याएको १८० केजी प्याज बरामद गरेको हो ।नौ वटा बोरामा रहेको प्याजको मूल्य १२ हजार ६०० रहेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा प्याज फेला पारेको हो । बरामद प्याज आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको प्रहरीले बताएको छ ।