Tune to BFM 91.2|Biratnagar

अवैध मदिरा बरामद

विराटनगर, ८ वैशाख । मोरङको रतुवामाई नगरपालिका ४ मसानघाटबाट प्रहरीले हिजो साँझ अवैध मदिरा बरामद गरेको छ ।

लकडाउनका बेला २ वटा साइकलमा अवैध रुपमा ओसारपसार गरिरहेको एक सय ८० बोतल कर्णाली नामक तयारी मदिरा बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । एउटा बोतलमा तीन सय मिलिलिटर मदिरा प्याक गरिएको छ ।

गस्तीमा रहेको प्रहरी चौकी झुर्कियाको टोलीलाई देखेपछि मदिरा त्यहीँ छाडेर ओसारपसार गर्नेहरु भने साइकलमै फरार बनेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button