Tune to BFM 91.2|Biratnagar

अवैध रुपमा भित्राइएको लत्ता कपडा र चिनी बरामद

विराटनगर, ४ जेठ । जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार नतिरी अवैध रुपमा भित्राइएको एक लाख ६४ हजार रुपैयाँ बराबरको लत्ता कपडा र चिनी बरामद गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार भारतबाट विराटनगर महानगरपालिका १६ दरैयाबस्ती हुँदै नेपाल भित्राईएको कपडा प्रहरीले आज बरामद गरेको छ ।

प्रहरीले एक लाख ५६ हजार एक सय रुपैयाँ बराबरको चार बोरा लत्ता कपडासँगै दरैयाबस्तीका ३८ वर्षीय सुधिरकुमार महतोलाई नियन्त्रणमा लिएको छ । महतोलाई दरैयामा को २ ह ७८७ र को २ ह ४९२४ नम्बरको अटो टेम्पोमा राख्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको राईको भनाइ छ । त्यसैगरि भारततर्फबाट विराटनगर महानगरपालिका १७ मटेरुवा हँुदै नेपाल भित्राउने क्रममा एक सय ६० किलो अवैध चिनी बरामद भएको उहाँले बताउनु भयो । प्रहरीले बरामद भएका सबै सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button