अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश

0
129

अष्ट्रेलिया, गुयानामा जारी महिला विश्वकप ट्वान्टी–२० क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । पाकिस्तानले तेस्रो खेलबाट २ अंक जोडेको छ । ३ खेलबाट ६ अंक जोडेको अष्ट्रेलियाले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो भने २ खेलबाट ४ अंक जोडेको इण्डिया दोस्रोमा रहँदा पहिलो जित हात पारेको पाकिस्तानको २ अंक छ । न्युजिल्याण्ड र आयरल्याण्डले खाता खोल्न सकेका छैनन् । समुह बी अन्तर्गत आज बिहान भएको खेलमा न्युजिल्याण्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनायो । १ सय ५४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५ बल अगावै १ सय २० रनमा समेटियो । ओपनर सुजी बेटिसले ४८ रन बनाएपनि अन्यले उल्लेख्य प्रदर्शन गर्न नसक्दा न्युजिल्याण्ड दोस्रो हार व्यहोर्न बाध्य भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here