Tune to BFM 91.2|Biratnagar

असार पहिलो साता १५ लाख कोरोना संक्रमित पुग्न सक्ने सरकारी प्रक्षेपण

विराटनगर, ७ वैशाख । सरकारले आगामी असार पहिलो हप्तासम्ममा १५ लाख कोरोना संक्रमित पुग्ने अनुमान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले असार पहिलो साता कोरोना संक्रमण उच्च हुने बताउनुभयो । यसअघिको प्रक्षेपणअनुसार सो अवधिमा ६ लाख संक्रमितको संख्या पुग्ने अनुमान गरिए पनि नयाँ भेरियन्ट फैलिएको पुष्टि भएपछि सरकारले जेठ अन्तिमदेखि असार पहिलोहप्तामा १५ लाख संक्रमित पुग्ने प्रक्षेपण गरेको हो ।

साथै सो अवधिमा दैनिक ११ हजारभन्दा धेरै संक्रमित भेटिने डा. पौडेलले जानकारी दिनुभयो । जनस्वास्थ्यका मापदण्ड पालना गरे सो संख्या निकै कम गर्न सकिने पनि डा. पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button