अस्टे«लियामा रहेका छोराको जन्मदिन आश्रममा भोजन गराएर

0
63

विराटनगर, २५ भदौ । विराटनगरस्थित पूर्वाञ्चल आश्रममा रहेका अनाथ बालबालिका र वृद्धवृद्धालाई भोजन गराएर एक परिवारले अस्टे«लियामा रहेका छोराको जन्मदिन मनाइदिएको छ । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीका १९ वर्षीय एन्जल घिमिरेको जन्मदिन आज आश्रममा रहेका ७० बालबालिका र १२ वृद्धवृद्धालाई एकै साथ भोजन गराएर परिवारले मनाइदिएको हो । जन्मोत्सव मनाउँदा गरिने फजुल खर्चले आश्रममा बालबालिका र वृद्धवृद्धालाई निःशुल्क भोजन गराइएको घिमिरे परिवारले जनाएको छ । प्राय मोजमस्ती गरेर मनाउने प्रचलनको अत्य गरी समाजिक कार्य अनुरुप छोराको जन्मदिन आश्रममा भोजन गराएर मनाइएको एन्जलका बुवा खगेन्द्र घिमिरेले बताउनु भयो । एन्जल अध्ययनको शिलशिलामा हाल अस्ट्रेलियामा हुनु हुन्छ । ७० जना बालबालिकाका लागि स्टेशनरीका सामग्री पनि प्रदान गरिएको छ । घिमिरे परिवारले संयुक्त रुपमा स्टेशनरीको समग्री पूर्वाञ्चल बाल आश्रमकी अध्यक्ष सीता पोखरेललाई हस्तान्तरण गरेका हुन् । पोखरेलले तडकभडक देखाएर जन्मदिन मनाउने प्रचलनको अत्य गर्दै जन्मदिनमा आश्रममा रहेका अनाथहरुलाई खाना खुवाउनु पनि एउटा सामाजिक काम नै भएको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here