Tune to BFM 91.2|Biratnagar

अस्पतालको सेवा स्तरोन्नतिका लागि प्रदेश सरकारसँग माग

विराटनगर १ जेठ । सुनसरीको इटहरी अस्पतालको सेवा स्तरोन्नतिका लागि प्रदेश सरकारसँग माग गरिएको छ । इटहरी उपमहानगर मा संचालित एक मात्र सरकारी स्वामित्वको अस्पतालको सेवा स्तरोन्नी र सुदृढीकरणका लागि,सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष प्रदेश सासद लिलम वस्नेतको नेतृत्वमा गएको डेलिगेशन टोलीले माग पत्र पेश गरेको हो ।

इटहरी अस्पतालको ईमर्जेन्सी ईन्चार्ज रामकुमार धमलाका अनुसार आगामी आर्थिक बर्षको वजेटमो अस्पतालको स्तरोन्नतीलार्ई समेट्न अनुरोध गरिएको छ । आगामी बर्षको बजेट डेढ करोड छुटयाइदिन अनुरोध गरिएको छ ।

मन्त्री घिमिरेले अस्पतालको विकास र स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिने वताउनुभएको अस्पताल संचालक समितिका अध्यक्ष भुपेन्द्र वरालले वताउनुभयो । कोरोना संक्रमणको अहिलेको अवस्थामा समेत इटहरी अस्पतालले कोभिड १९ को परीक्षण, फिभर क्लिनिक संचालन, क्वारेन्टाइन व्यवस्थापन,२४ घण्टा ईमर्जेन्सी र डेलिभरि सेवा लगायत स्वास्थ्य विमाका सेवाहरु निरन्तर दिई रहेको छ ।

चालु आर्थिक बर्षमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वाट इटहरी अस्पताललाई औजार उपकरण सहित ३० लाख वजेट उपलब्ध भएको थियो ।सामाजिक विकास मन्त्री जीवन घिमिरेले इटहरी अस्पतालको स्तरोन्नतीका लागि प्रदेश सरकारले कुनै कसर वाँकी नराख्ने वताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button