Tune to BFM 91.2|Biratnagar

अस्पताल नलग्दा ‘होम आइसोलेसन’ मै संक्रमितको मृत्यु

विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिका–६ सरोचियामा अस्पताल नलग्दा ‘होम आइसोलेसन’मै एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत बुधबार रिपोर्ट पोजेटिभ आएपछि ‘होम आइसोलेसन’मै राखिएका ४५ वर्षीय कामत थरका पुरुषको बिहीबारराति मृत्यु भएको वडा अध्यक्ष विजय कामतले बताउनु भयो । पीसीआर परीक्षणका लागि भदौ १ गते सोमबार उनको स्वाब संकलन गरिएको थियो ।

रिपोर्ट पोजेटिभ आए पनि कोभिड अस्पतालमा आइसोलेसन बेडको अभाव रहेको भन्दै उनलाई ‘होम आइसोलेसन’मै राखिएको थियो ।

‘स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी हुँदै थियो,’ वडा अध्यक्ष कामतले भन्नु भयो, ‘तर बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि घरमै संक्रमितले ज्यान गुमाउनु पर्ने अवस्था आयो ।

’ उहाँले कोभिड अस्पतालले आइसोलेसन बेड नभएको भनेर बिरामी अस्वीकार गर्दा संक्रमितले उपचार नै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले लैजाने तयारी गरिरहेको छ ।

पछिल्लो समय मृत्यु भएका पुरुषसँगै विराटनगरमा हालसम्म कोरोना कारण नौ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button