आँखाको जटिल शल्यक्रिया सफल

0
254

विराटनगर २३ साउन । मोरंग बुढीगंगाको विराट मेडिकल कलेज टिचिङ हस्पीटलले सुनसरीको इटहरीका एक युवकको आँखाको जटिल शल्यक्रिया गरेको छ । इटहरी १९ का २६ बर्षिय दिपेन क्षेत्रीको छड्के आँखाको सफल शल्यक्रिया भएको छ । उनी जन्मिएको ६ महिनाको भएपछि उनको देब्रे आँखा छड्के भएको थाहा पाए पनि शल्यक्रिया गर्न नसकेको उहाँे बताउनुभयो । सरकारको स्वास्थ्य बिमा कार्यक्रम आएपछि बिमा गरेर शल्यक्रिया गरेको क्षेत्रीले बताउनुभयो । विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा आँखाको जटिल शल्यक्रिया सेवा शुरु भएको हस्पिटलकी आँखा रोग बिशेषज्ञ डा.नेहा चौधरीले बताउनुभयो । कम्प्युटर प्रबिधिबाट आँखा जाच मात्र नभएर मोतियाबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएको, छड्के आँखालाई सिधा पार्ने, अल्छि आखाको थेरापी सुरु गरे संगै आँखाका बिरामीको चाप बढ्न थालेको उहाँले बताउनुभयो । छ्ड्के आखाको अप्रेसन पहिलो भएको डा. चौधरीले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here