आँखा शिविरमा २५ जना मोतियाविन्दुका विरामी

0
242

बिराटनगर २४ पुस। मोरङको पथरीशनिश्चरेमा सहारा नेपाल सहकारी सेवा केन्द्र पथरीले आज आयोजना गरेको निशुल्क शिविरमा २५ जनामा मोतियाविन्दु फेला परेको छ । मोतियाविन्दु भएका सवैलाई निशुल्क शल्यक्रियाका लागि आजै मेची आँखा अस्पताल विर्तामोड लगिएको कार्यक्रम संयोजक डम्वर प्रधानले जनाउनु भयो । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सहारा नेपाल जीवन वरदान विभागका समेत स्वास्थ्यकर्मीले आखाँ तथा सुगर र प्रेसरको निशुल्क शिविर सञ्चालन गरेका थिए । कुल २ सय ९५ जनाको चेकजाँच गर्दा १ सय ४० जनामा सुगर र प्रेसर फेला परेको थियो । शिविर पथरी क्याम्पसको समेत सहयोगमा क्याम्पसमा सम्पन्न भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here