Tune to BFM 91.2|Biratnagar

आँपको रुखबाट लडेर बालकको मृत्यु

विराटनगर, २५ वैशाख । आँपको रुखबाट लडेर विराटनगर महानगरपालिका–१७ मटेरुवा डंग्राहा टोलका एक बालकको हिजो साँझ मृत्यु भएको छ ।

आँप टिप्न भनेर गएका मन्सुर मियाँका १३ वर्षीय छोरा मोहम्मद इरफानको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो ।

उहाँकाअनुसार साँझ आँप टिप्प भनेर रुखमा चढेका इरफानलाई लडेर बेहोस भएको अवस्थामा स्थानीय बासिन्दाले आँपको फेदमा भेटेका थिए ।

उपचारका लागि कोसी अस्पताल ल्याउने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button