आइफा अवार्ड काठमाडौं मै हुन्छ : कानून मन्त्री ढकाल

0
285

बिराटनगर २० असार । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले काठमाडौंमा हुने भनिएको भारतीय फिल्म अवार्ड ‘आईफा’ भएरै छाड्ने बताउनुभएको छ । अवार्डमाथिको प्रक्रिया अगाडि नबढाउन संसदीय समितिले दिएको निर्देशन, पर्यटन विभागको अन्योल, चौतर्फी आलोचनाका बीच मन्त्री ढकालले आईफा नहुने भन्नेबारे सरकारलाई क्नुै जानकारी नभएको बतानुभयो । मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले केही सञ्चार माध्यम र सामाजिक सञ्जालले आत्मरतीमा रमाएर आईफा अवार्ड हुने र नहुने आफैं घोषणा गरेर अतिरन्जित गरेको आरोप लगाउनुभयो । मन्त्री ढकालले भन्नुभयो, ’आईफा इभेन्ट सरकारले आयोजना गर्ने होइन । आयोजना गर्ने अर्कै संस्था छ । आईफा इभेन्ट नगर्ने विषयमा सरकार पछि हटिसकेको छैन र इभेन्ट भएरै छाड्छ ।’ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गत बुधबार आईफा इभेन्ट नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मिता विरोधी रहेको निष्कर्ष निकाल्दै प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको थियो । संसदीय समितिले निर्णयबारे जानकारी दिदै मन्त्रिपरिषद र पर्यटन मन्त्रालयलाई पत्रचार गरेपनि सो बारे निर्णय भने भएको छैन । फरक प्रशंगमा मन्त्री ढकालले सरोकारवाला पक्षसँग त्यसबारे छलफल भइरहेकाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर सञ्चार विधेयक पास हुने बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here