Tune to BFM 91.2|Biratnagar

आइसोलेसनका १५ र क्वारेन्टाइनमा रहेका २३५ फिर्ता

विराटनगर, ४ वैशाख । कोरोना भाइरस संक्रमणको आशंकामा मोरङमा आइसोलेसनमा राखिएका १६ जनामध्ये १५ जना नेगेटिभ रिपोर्ट आएपछि घर फिर्ता भएका छन् ।

कोशी अस्पताल विराटनगरमा १३ जना र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा ३ जनालाई आइसोलेसनमा राखिएकोमा बिहीबारसम्म १५ जना फिर्ता भएको मोरङ प्रहरीले जानकारी दिएको छ । आइसोलेसनमा बसेकाहरुलाई चिकित्सकको नियमित रेखदेखमा उपचार गरिएको थियो ।

सबैको स्वाब नमुना परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएपछि फिर्ता पठाइएको प्रहरीले जनाएको छ । आइसोलेशनमा राखिएका १२ पुरुष र ४ महिलामध्ये अब कोशी अस्पतालको आइसोलेशनमा १ जना पुरुष मात्र निगरानीको लागि राखिएको छ ।

मोरङमा कोशी अस्पतालमा १० बेड, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १८ बेड, प्राथमिक स्वास्थ्य केन्द्र ग्रामथानमा १० बेड, पथरी अस्पतालमा ८ बेड र प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोरोना अस्पताल विराटनगरमा ५० बेड गरी ९६ बेडको आइसोलेसन रहेको प्रहरीको तथ्यांक छ ।

मोरङ प्रहरीका नायब उपरीक्षक मानबहादुर राईका अनुसार मोरङका विभिन्न स्थानमा स्थापना गरिएको ६ वटा क्वारेन्टाइन केन्द्रमा बसेका २ सय ३५ जना पनि घर फर्केका छन । अब क्वारेन्टाइनमा बस्नेको संख्या ७ महिला र ४८ पुरुष गरी ५५ जना रहेको प्रहरीले जनाएको छ । मोरङको टाँटीस्थित आर्मी क्याम्पमा रहेका १५१ जनामध्ये ९७ जना घर फिर्ता भएका छन् । अब त्यहाँ ७ महिला र ४७ पुरुष गरी ५४ जना बसिरहेका छन् ।

यस्तै घिनाघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बसिरहका ७ पुरुष र ४ मलिामध्ये २ महिलाबाहेक ९ जना घर गएका छन् भने जहदास्थित दुर्गा माध्यमिक विद्यालयमा २ जना सुनवर्षी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका ८ जना र रंगेलीस्थित अस्पतालमा रहेका ३ जना पनि घर फिर्ता भएका छन् ।

धनपालथानको स्वास्थ्य चौकीमा भने १ जनालाई राखिएको छ । मोरङको टाँटीस्थित आर्मी क्याम्पमा २०० ,घिनाघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १३, जहदास्थित दुर्गा माध्यमिक विद्यालयमा १०, धनपालथानको स्वास्थ्य चौकीमा १०, सुनवर्षी प्राथमिक स्वास्थ्य केन्द्रमा १० र रंगेलीस्थित अस्पतालमा ५ बेडको गरी मोरङमा २४८ बेडको क्वारेन्टाइन रहेको प्रहरीको रेकर्ड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button