आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

0
84

काठमाण्डौ, १७ असार । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ ।समितिको मंगलबार बसेको बैठकले यो निर्देशन दिएको हो । ‘सरकारले सम्झौता त गरेको छैन तर, त्यसलाई हेर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच र्पुयाउने भएकाले यो अवार्ड तुरुन्त रोक्न निर्देशन दिएका हौं’ समितिकी सभापति पवित्रा निरौला खरेलले बताउनु भयो ।आईफा अवार्डका तर्फबाट नेपाललाई पठाइएको मस्यौदा अध्ययन गर्दा नेपाल सार्वभौम राष्ट्र भन्दा पनि भारतको कुनै प्रदेशजस्तो लाग्छ । त्यसैले समितिले अवार्ड रोक्न निर्देशन दिएको हा खरेलले भन्नुभयो छोटो समयमा यति ठूलो लगानी, त्यो पनि नेपाली जनताको पैसा खर्च गरेर कार्यक्रम गर्नु उचित नभएको समितिले ठहर गरेको हो ।यसअघि आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको विकास मितिमा नेपालको ब्रान्डिङका लागि ओस्कार अवार्ड पनि गर्न सकिने बताउनु भएको थियो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आईफा अवार्ड नेपालमा गर्न स्वीकृति दिएको थियो । उक्त अवार्ड गर्न आईफालाई पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले ४४ करोड २५ लाख रुपैयाँ नगद दिने तयारी गरेका थिए । कलाकारसहित आउने करिब छ सय जनाको आउने–जाने प्लेनभाडा र होटलमा बसेको खर्च जोड्दा करिब एक अर्ब रुपैयाँ हुने अनुमान गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here