Tune to BFM 91.2|Biratnagar

आउने दुई साता झन् कठिन : प्रधानमन्त्री ओली

काठमाण्डौ २५ चैत । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्ध संघर्षमा आउने दुई साता झन् कठिन हुने बताउनुभएको छ ।आज देशवासीका नाममा संबोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोगले भाइरस फैलन नदिएर नियन्त्रणमा राख्न सकिएको भन्दै उहाले आउने दुई साता झन् गाह्रो पर्ने बताउनुभएको हो ।

सरकारले समयमै कदम चालेकाले धेरैको जीवन बचाएको दावी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो केही दिनको अरु संकटले अझै धेरैको जीवन जोगाउन सकिन्छ ।कोरोना भाइरसबाट जोगिने एक मात्र उपाय सामाजिक दूरी भएकाले लकडाउन पालना गर्न उहाले सबैलाई आग्रह गर्नुभयो ।

नेपालमा रहेका विदेशी नागरिकलाई सक्दो सहयोग गरेको भन्दै विदेशमा रहेका नेपाली नागरिकलाई पनि सहयोग गर्न विदेशी मित्रराष्ट्रहरुसँग आग्रह पनि गर्नुभयो ।सरकारले चाँडै नै कोरोनाको संक्रमित व्यक्ति कहाँ कहाँ पुगे भन्ने ट्रेसिङ एप शुरुवात गर्न लागेको जानकारी पनि उहाले दिनुभयो ।

कोही मानिस भोकै नपरुन् भन्नेमा सरकार सचेत रहेको भन्दै उहाले गरीब, मजदुर भोकै नपरुन भनेरै राहत वितरण थालिएको बताउनुभयो ।विकासका ठूला परियोजनाहरु नरोक्न काम सुचारु हुने वातावरण मिलाएको पनि उहाको भनाइ थियो ।उहाले कृषि क्षेत्रको काममा निरन्तर लागिरहन पनि अपील गर्नुभयोे ।

यस्तो बेला स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहने भन्दै उहाले त्यसका लागि शतप्रतिशत भत्तादेखि २५ लाखसम्मको बीमाको व्यवस्था मिलाइएको पनि बताउनुभयो । यो व्यवस्था स्वास्थ्यकर्मीसरह फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षानिकाय, ड्राइभर, सुरक्षाकर्मी, सफाई कर्मचारी सबैलाई हुने प्रधानमन्त्रीले प्रष्ट पार्नुभयोे ।

जीवनको वैयक्तिक स्वतन्त्रतामाभन्दा जीवन जोगाउने विषय महत्वपूर्ण भएकाले आफ्ना केही अधिकार कटौति भए पनि सहन उहाले आग्रह गर्नुभयोे । कोरोना भाइरसविरुद्धको लडाईमा हरेक सदस्य सिपाही भएको पनि उहाले स्मरण गराउनुभयो । विश्वभर नै स्वास्थ्य उपकरणको अभाव हुँदा खोसाखोस अवस्था आएको भन्दै उहाले नेपालमा आपूर्तिका लागि विशेष व्यवस्था मिलाइएको बताउनुभयो ।

सामान्य वा विशेष अवस्थाको मौका छोपेर कसैले पनि अनियमितता गर्न नपाईने र सरकारका काम कार्वाही संवैधानिक परीक्षणभन्दा बाहिर नरहेको तर्क गर्दै प्रधानमन्त्री ओलीले सञ्चार र सामाजिक क्षेत्रमा आएको टिप्पणीप्रति ध्यानाकर्षण भएको बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button