Tune to BFM 91.2|Biratnagar

आकस्मिक र फिबर बाहेकका सम्पूर्ण सेवाहरु भोली देखि प्रदेश नं. १ मा स्थगीत हुने

विराटनगर १० चैत । आकस्मिक र फिबर बाहेकका सम्पूर्ण सेवाहरु भोली देखि प्रदेश नं. १ मा स्थगीत हुने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि प्रदेश सरकारको ध्यान केन्द्रित भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

स्वास्थ्य संस्थाहरुलाई आकस्मीक र फिबर बाहेकका सेवा स्थगित गर्न निर्देशन दिईने मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश नंं १ का सवै अस्पतालमा आईसोलेसन वेड बनाईने पनि मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश सरकारले स्वास्थ्यकर्मीका लागि छुट्टै प्रोटोकल पनि तयार गरि पारित गरेको छ ।

स्थानीय, जिल्ला तथा सम्पूर्ण स्वास्थ्यकर्मीको जिम्मेवारी तोकेर प्रोटोकल तयार गरेको मन्त्री घिमिरेले बताउनुभयो । कोरोना भाईरसको नयाँ विरामी देखा परेसँगै चुनौति थपिएको उहाँले बताउनुभयो । कोरोना भाईरसको रोकथाम तथा शंखास्पद विरामीको उपचारका लागि प्रदेश सरकारले १ सय १५ अस्पतालमा आईसोलेसन वार्ड तयार गरिसकेको छ ।

तेर्हथुम, संखुवासभा र ओखलढुंगामा निर्माणाधिन अवस्थामा रहेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश सरकारले तयार गरेको मार्गशर्दन अनुसार एउटा अस्पतालले कम्तिमा ५ वटा आईसोलेसन बेड तयार गर्नुपर्ने छ ।

कोरोना भाईरसका शंखास्पद विरामीको नमूना परिक्षणका लागि सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला बनाईने भएको छ । काठमाण्डौं लगेर परिक्षण गर्दा समय लाग्ने भएकाले प्रदेशमै परिक्षण गर्ने तयारी गरिएको महाशाखा प्रमुख डा. मेहताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button