आगलागीमा तीन घर जल्दा ५० लाखको क्षति

0
94

विराटनगर, २१ साउन । मोरङको लेटाङ नगरपालिका–६ घुम्तीमा भएको आगलागीमा परेर तीन घर जल्दा ५० लाख मूल्य बराबरको क्षति भएको छ । मेषबहादुर विकको भान्छा घरबाट आज बिहान ५ बजे आगलागी सुरु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीमा परेर विकको भान्छा घर, डोलप्रसाद मगर र भक्त राईको दुई÷दुई तले काठको कच्ची घर जलेर पूर्ण रुपमा ध्वस्त भएको जानकारी उहाँले दिनु भयो । आगलागी पीडित मध्ये भक्त राई पत्रकार एवं पूर्व बीएफएमकर्मी हुनु हुन्छ । आगलागीमा अन्नपात, काठपात, भाँडावर्तन, महत्वपूर्ण कागज, सुन र चाँदीका गरगहना, नगद लगायत जलेको छ । नेपाली सेना, नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । चाँडो गरेर नियन्त्रणमा लिन सकेकै कारण आगो अन्यत्र फैलन नपाएको प्रहरीले जनाएको छ । आगलागी भएको स्थान वरपर बाक्लै घरहरु रहेका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here