आगलागी पीडितलाई राहत वितरण

0
89

विराटनगर, ४ बैशाख । मोरङको कटहरीका आगलागि पीडितहरुलाई आज राहत वितरण गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरले संयुक्त रुपमा राहत सामाग्री वितरण गरेका हुन । आगलागी पीडितलाई व्लाङकेट, त्रिपाल, थाल बटुका लगायतका विभिन्न घरायसी सामाग्रीहरु वितरण गरिएको थियो । कटहरी वडा नं ६ मा हिजो विहान विद्युत सर्ट भएर आगलागि हुँदा कृष्ण लुईटेल र मनोज विष्टको घर जलेर नष्ट भएको थियो । आगलागीबाट लुईटेलको घर तथा घरमा रहेका सम्पूर्ण सामान जल्दा करिव १ करोड र विष्टको करिव २ लाख वरावरको क्षति भएको पीडित परिवारले बताएका छन् । पीडित परिवारलाई काँग्रेस नेता महेश आचार्य, कटहरी गाउँपालिका प्रमुख रामकुमार कामत लगायतले पनि भेट्नु भएको थियो । गाउँपालिकाले केही खाध्य सामाग्री वितरण गरिएको प्रमुख कामतले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here