Tune to BFM 91.2|Biratnagar

आगलागी पीडितलाई राहत

विराटनगर, २० असार । मोरङको बेलबारी नगरपालिका ११ का आगलागि पीडीत परिवालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ ।

आगलागि पीडीत हरि सुवेदीको परिवारलाई कपडा, खाध्यान्न, लगायतका सामाग्रि हस्तान्तरण गरिएको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताउनुभयो । आगलागि हुदाँ १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

आज विहान ३ तिर आगलागी हुँदा ८ तोला सुन, ४० हजार नगद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागिलाई बेलबारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button