आजदेखी विराट मेडिकल कलेजमा सम्पुर्ण सेवा शुरु
विराटनगर, २३ चैत । मोरंग बुढीगंगाको विराट मेडिकल कलेज टिचिङ अस्पतालले आज देखि सम्पूर्ण सेवाहरु सञ्चालन हुने जनाएको छ ।
सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरु कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न हुनुपर्ने भएकाले यसअघि आकस्मिक बाहेकका सेवा बन्द गरिएपनि आजदेखी देखि सम्पूर्ण सेवाहरु पुर्ववत रुपमा सञ्चालन हुने मेडिकल कलेजका अध्यक्ष डा. ज्ञनेन्द्रमानसिंह कार्कीले जानकारी दिनुभयो ।
आकस्मिक बाहेकका सेवा बन्दगर्दा सेवाग्राहीलाई समस्या भएकाले बहिरंग लगायतका सम्पूर्ण विशेषज्ञ सेवाहरु शुरु गर्ने उहाँले बताउनुभयो । मेडिकल कलेजसँगै विराटनगर अस्पतालबाट पनि सम्पूर्ण सेवाहरु सञ्चालन हुने अध्यक्ष डा. कार्कीले बताउनुभयो ।