Tune to BFM 91.2|Biratnagar

आजबाट नेपाल एक साता लकडाउन, अपहेलना गरे १ महिनासम्म कैद


काठमाण्डौ ११ चैत । सरकारले आज देखी देश नै लकडाउन गरेको छ । आज बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय सरकारले गरेको हो । यससँगै अब एक साताका लागि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउनेछैनन् ।

सरकारले यो निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकबाटै गरेको र त्यसको सार्वजनिकीकरण मात्र हिजो गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । कोरोना संक्रमण फैलने सम्भवना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय लिइएको मन्त्री डा. खतिवडाले बताउनु भएको छ ।

‘यो एकप्रकारले सरकारको आदेश हो, आइतबारकै मन्त्रिपरिषद् बैठकले गरेको निर्णय थियो, हिजो मात्र हामीले सार्वजनिक गरेका हौं’, उहाले भन्नुभयो, ‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पनि अब यसलाई हामी सबैले लागू गर्नुपर्छ।’ विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सरकारले यस्तो कदम उठाएको हो यसमा सबैलाई सहयोग उहाले आग्रह गर्नुभएको छ ।

यो निर्णयपछि अब सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका अनुमतिप्राप्त कर्मचारीबाहेक अन्यले घरबाहिर निस्किन पाउँने छैनन् । त्यसबाहेकका कर्मचारीलाई भने कार्यालय प्रमुखले आवश्यकताका आधारमा बोलाउने गरी घर घरमै अलर्ट अवस्थामा राख्ने गरी बिदा दिने निर्णय पनि भएको उहाले बताउनुभयो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशभर लक डाउन घोषणा गरेको हुनाले संक्रामक रोग ऐन २०२० अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १ सय रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button