Tune to BFM 91.2|Biratnagar

आज एकै दिन ५७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

विराटनगर, ३० वैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९१ पुगेको हो ।

संक्रमित सबै पुरुष भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना रहेका छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा पहिलो पटक माघमा कोरोना संक्रमण पुष्टि भएयता एकैदिन आज ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन र झापामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button