Tune to BFM 91.2|Biratnagar

आज देशभर ११९७ जना कोरोना संक्रमित थपिए

विराटनगर, १ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन । संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । आज देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन । आज देशभर ९ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २३० जना संक्रमितको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button