Tune to BFM 91.2|Biratnagar

आज नबरात्रको छैठौदिन कात्यायनीदेवीको पूजा गरिँदै

विराटनगर, ६ कात्तिक । आज नबरात्रको छैठौ दिन अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा प्रादुर्भाब भएकी कात्यायिनी भगवतीको पुजा अर्चना गर्ने प्रचलन रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग, शोक, भय, दुख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ ।

तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ । नवरात्रको छैठौं दिन आज कात्यायिनी भगवतीको पुजाका लागि देशका शक्तिपिठ तथा मन्दिरहरुमा पुजा भईरहेको छ ।

आज पनि उपत्यकामा रहेका नौवटा शक्तिपीठ र राजधानी बाहिरका सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, विराटनगरको काली मन्दिर, ताप्लेजुङको पाथीभरा, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरूमा पूजाआजा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button