आज बडादशैंको पाँचौँ दिन, स्कन्दमाता भगवतिको पूजा गरि मनाईंदै
विराटनगर, ५ कात्तिक । आज बडादशैंको पाँचौँ दिन । नब दुर्गे भबानीको पाँचौे शक्तिको रुपमा रहेकी स्कन्दमाता भगवतिको पूजा गरि मनाईंदैछ ।
भगवान् स्कन्द कुमार कार्तिकेयको बालस्बरुपलाई यी भगवतिले सदैव काखमा राखी ममतामहि स्नेह प्रदान गर्ने हुनाले महा नवरात्रीको पाँचौँ दिनलाई हिन्दु धर्माबलम्बिहरुले श्रद्धा भक्तिपूर्वक स्कन्दमाताको पुजाआजा गर्दछन् । सुर्य मण्डलकि अधिष्ठात्रि देवि स्कन्दमातालाई माताको स्नेह दिने देबिको रुपमा लिने गरिन्छ । दशैँको नौ दिनमा रहेका नबदुर्गे भबानीहरुको छुट्टाछुट्टै महत्ब रहेको छ । देबिको भक्तिपुर्वक पुजाआजा गरेमा पुत्रले माताबाट तथा माताले पुत्रबाट राम्रो माया पाउने र सम्बन्ध पनि सुमधुर रहने जनविश्बास रहेको छ ।
बडादशैँको पाँचौ दिन आज पनि घटस्थापनाका दिन पुजाकोठा वा दशैं घरमा राखीएका जमरामा पुजा आजा गरी जल चढाईन्छ । देशभर रहेका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा आज विहानै देखि पुजा भईरहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गाभवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
राजधानीका तलेजु भवानी, गुहेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, चापाँगाउको बज«बाराही, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, विराटनगरको काली मन्दिर, ताप्लेजुङको पाथीभरा, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरूमा पूजाआजा भइरहेको छ ।