Tune to BFM 91.2|Biratnagar

आज सर्वाेच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा

काठमाण्डौ ६ चैत । आज सर्वाेच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिइएको छ । पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको हिजो भएको असामयिक निधनप्रति समवेदना प्रकट गर्दै सर्वाेच्च अदालतको पूर्ण बैठकले उहाँको शोकमा आज सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मनुभएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश हुनुभएको थियो । उहाँ उमेर हदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त हुुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button