Tune to BFM 91.2|Biratnagar

आज ४ सय ६४ संक्रमित थपिए

विराटनगर, २३ साउन । देशभर आज कोरोनाका ४ सय ६४ संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

यीसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन । यो सँगै हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ ।

त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म ४ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button