आन्तरिकको राजश्व संकलन आठ प्रतिशतले बढ्यो

0
196

विराटनगर, १ मंसिर । जारी आर्थिक वर्षको तीन महिनामा आन्तरिक राजस्व कार्यालय, विराटनगर मोरङले निर्धारित लक्ष्य भन्दा करिव ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । सातौं राष्ट्रिय कर दिवसका क्रममा आज कार्यालयका प्रमुख कर अधिकृत दिलिप गौतमले साउनमहिना देखि असोज महिनासम्ममा एक अर्व ५९ करोड रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनु भयो । प्रमुख गौतमका अनुसार तीन महिनाको लागि एक अर्व ४८ करोड रुपैयाँ लक्ष्य राखिएकोमा एक अर्व ५९ करोड रुपैयाँ संकलन भएको हो । लक्ष्य भन्दा ११ करोड रुपैयाँ बढी राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसै गरी, गतवर्ष २०७४।०७५ को सुरुआती तीन महिनामा एक अर्व २१ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । गौतमले अघिल्लो वर्ष तीन महिनाको तुलनामा यस वर्ष ३० प्रतिशत बढी राजश्व संकलन भएको जानकारी दिनु भयो । मोरङ जिल्लामा व्यवसायिक र व्यक्तिगत गरेर ७२ हजार करदाता छन् । कार्यालय प्रमुख गौतमले करका विषयमा विभिन्न प्रकारका प्याकेज, गाउँगाउँमा घुम्ती सेवाका कारण करदाता करको दायरामा आकर्षित हुँदै गएको जानकारी दिनु भयो । कार्यालयले यस अघि मोरङका विभिन्न १० स्थानमा करको घुम्ती सेवा संचालनमा ल्याएको थियो । जस मध्ये लेटाङ, बेलबारी, इटहरा, डाँगीहाट समेतका स्थानमा करदाताको आकर्षण बढ्दो रहेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here