आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा ६ अर्व ७८ करोड संकलन

0
373

विराटनगर, २८ असार । आन्तरिक राजश्व कार्यालय विराटनगरले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७५/०७६ का लागि दिइएको लक्ष्य भन्दा ५ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

राजश्व कार्यालयलाई चालु आर्थिक वर्षमा ६ अर्व ४१ करोडको लक्ष्य दिइएको थियो । हिजो सम्म ६ अर्व ७८ करोड संकलन गरेको छ । वीएफएमको साप्ताहिक कार्यक्रम साझा सरोकारमा आज विहान कुरा गर्दै आन्तरिक राजश्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले लक्ष्य भन्दा बढी संकलन गरिएको बताउनुभयो । उहाँले लक्ष्य भन्दा ५ प्रतिशत बढी राजश्व संकलन गरिएको बताउनुभयो । असार मसान्त सम्ममा ७ अर्व राजश्व संकलन गरिने समेत उहाँले बताउनु भएको छ ।

विगत वर्षहरुको तुलनामा राजश्व असुलीमा कुनै समस्या नरहेको गौतमले बताउनुभयो । सरकारले करको दायरा बढाएपनि दर भने बृद्धि नरेको प्रमुख कर अधिकृत गौतमले बताउनुभयो । आर्थिक ऐन २०७६ अनुसार लेखापढी व्यवसायी, कानुन व्यवसायी, ट्रक व्यवसायीलाईमा करको दायरा विस्तार गरिएको उहाँको भनाई छ । करको दायरा विस्तार गरेको केही विरोध भएपनि विभागमा यसलाई सरलीकृत गरेर जाने विषयमा छलफल भईरहेको प्रमुख कर अधिकृत गौतमको भनाई छ ।

यसमा आत्तिहाल्नु पर्ने अवस्था नभएको उहाँले बताउनुभयो । प्रमुख कर अधिकृत गौतमले भन्नुभयो,‘ भ्याट लागु भएकोमै आत्तिनु पर्दैन, कर शिक्षाको अभावका कारण त्यस्तो भएको हुनुपर्छ ।’ कर शिक्षा सवैतिर पुर्याउन नसकीएको उहाँले स्वीकार गर्नुभयो ।

आम उपभोक्ताई ई–पेमेन्ट गर्न उहाँले आग्रह गर्नुभएको छ । ई–पेमेन्ट गर्दा भ्याटको १० प्रतिशत पाईने उहाँले बताउनुभयो । फेक कारोवार गर्ने क्रम बढेपछि आर्थिक ऐनले बायोमेट्रिक रजिष्ट्रेनको नयाँ व्यवस्था गरेकोे उहाँले जानकारी दिनुभयो । यसले गर्दा गलत कारोवार गर्ने क्रम घट्ने उहाँको भनाई छ ।

राजश्व दाखिला अनलाईन प्रणालीमार्फत भएपछि करदातालाई धेरै सहज भएको उहाँले बताउनुभयो । करदाता कार्यालय नआई बैक मार्फत राजश्व तिर्न सक्ने व्यवस्था भएपछि धेरै सहज भएको प्रमुख कर अधिकृत गौतमको भनाई छ । अनलाईन प्रणालीका कारण कार्यालयमा पनि भिडभाड कम भएको उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here