आन्दोलनरत चिकित्सकलाई काममा फर्कन सरकारको आग्रह

0
89

विराटनगर, २८ चैत । सरकारी चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन सरकारले आग्रह गरेको छ । समायोजनको विरोधमा सात दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्दै चिकित्सकहरु आन्दोलन उत्रँदा विरामीहरु मर्कामा परेका छन् ।सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आन्दोलन गरेर चिकित्सकहरुले आफ्नै मर्यादाको ख्याल नगरेको बताउनुभयो । सरकारले खटाएको ठाउँमा जान्न भनेर आन्दोलन गर्नु उचित नभएको भन्दै उहाँले यो समस्याको समाधान एक दुई दिनमा नै निस्कने बताउनुभयो । ‘चिकित्सकहरु सहमति निकट छन्, एक दुई दिन अझै यस्तो चल्छ, तर उनीहरु सहमतिमा आउनुको विकल्प छैन,’ उहाँले भन्नुभयो ।

सरकारले सेवा सुविधाका बारेमा कुनै समस्या आउँदैन भनेर भनिसकेको भन्दै कानुनभन्दा बाहिरका मागका विषयमा कुरा हुन नसक्ने स्पष्ट पार्नुभयो । चिकित्सकहरुले हामी विशेषज्ञ हौँ हामी जहाँ बस्छौँ नागरिकहरु उपचारका लागि त्यहीँ आउनुपर्छ भन्ने कुरामा सरकार कदापी नमान्ने भन्दै उहाँले सरकारले खटाएको ठाउँमा चिकित्सक जानुपर्नेमा जोड दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here