आपतकालिन स्वास्थ्यबारे सांकेतिक अभ्यास

0
74

विराटनगर, ६ कात्तिक । आपतकालिन समयमा स्वास्थ्य उपचार संवन्धमा आज विराटनगरमा सांकेतिक अभ्यास गरिएको छ । विपद्का समयमा घाईतेको उद्धार तथा स्वास्थ्य उपचार संवन्धिको सांकेतिक अभ्यास गरिएको हो । सिंगापुरको सिंहाहेल्थको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले विराटनगरमा आयोजना गरेको आपतकालिन स्वास्थ्य संवन्धिको पुर्वतयारीको अन्तिम दिन आज विहान कोशी अस्पताल विराटनगरमा सांकेतिक अभ्यास गरिएको थियो । कुनै दुर्घटना भए कसरी तयारी गर्ने भन्ने विषयमा गरिएको तालिम धेरै प्रभावकारी भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । मन्त्रालयले आपतकालिन अवस्थामा गरिने स्वास्थ्य उपचारका लागि कोशी अस्पताल भित्र २ महिना भित्रमा पुर्वाधार तयार गरिसक्ने बताउनुभयो । प्रदेशका १४ वटै अस्पताललाई आपतकालिन अवस्थामा गरिने स्वास्थ्य उपचारका लागि तयारी अवस्थामा राखिने उहाँले बताउनुभयो । सिंगापुरको सिंहाहेल्थकाका प्रा.डा.अनन्तले विराटनगरको तालिम धेरै प्रभावकारी भएको बताउनुभयो । काठमाण्डौं, नेपालगञ्ज पछि विराटनगरमा तालिम गरिएको उहाँले बताउनुभयो । सिंहाहेल्थले विश्वका विभिन्न देशहरुमा पुर्वतयारीबारे तालिम दिने गरेको उहाँले बताउनुभयो । सांकेतिक रुपमा विराटनगरमा आज विहान प्लेन दुर्घटना भएको दृष्यलाई प्रस्तुत गरिएको थियो । घाईतेहरुको अवस्थाबारे पत्रकार सम्मेलन गरि जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा १२ जनाको मृत्यु, ५ जनालाई थप उपचारका लागि धुलिखेल पठाईएको, ९ जना सामान्य घाईते, २ जना आईसीयूमा, ७ जनाको उपचार भईरहेको र ६ जना डिस्चार्ज भएको जानकारी दिइएको थियो । तालिममा प्रदेशका सवै जिल्ला अस्पताल, स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय, प्रहरी र विभिन्न मन्त्रालयका प्रतिनिधि गरि ८० जनाको सहभागिता रहेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here