Tune to BFM 91.2|Biratnagar

आपराधीक कार्य गर्ने गिरोहका मुख्य नाईके पक्राउ

विराटनगर, ७ भदौ । भारतमा बसेर नेपालका बिभिन्न जिल्लाहरुमा सञ्जाल बिस्तार गरी आपराधीक कार्य गर्ने गिरोहका मुख्य नाईकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगरबाट पक्राउ गरेको छ ।

हातहतियार खरखजना तथा लागुऔषध मुद्धामा फरार प्रतिवादीको सूचीमा रहेका भारतको अररिया जिल्ला ईन्द्रनगर ग्रामपञ्चायत–१० का ३९ बर्षीय बग्गा भनिने प्रदिप यादवलाई हिजो अपरान्ह बिराटनगर महानगरपालिका–१६ दरैयाबस्ती पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवको साथबाट डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको छ ।

बिभिन्न घटनामा संग्लग्न सर्वाधीक खोजीको सूचीमा रहेका यादवलाई प्रहरीले अधिक खोजीको सूचीमा राखेर निगारनी गरिरहेको थियो ।

पक्राउ परेका यादवको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button