आफैले घाँटी रेटी आत्महत्या

0
60

पाँचथर,२५ भदौ । पाँचथरको फिदिम नगरपालिका–८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ९ बजे आफै सुत्ने कोठामा धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका हुन । घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी तमाखेबाट गएको प्रहरी टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको थियो । सो स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको प्रहरीको टोलीले कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेकोे जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here