आफैले पेस्तोल राखेर प्रहरीलाई खवर गर्ने पक्राउ

0
173

विराटनगर, ३ बैशाख । आफै पेस्तोल राखेर प्रहरीलाई खवर गर्ने विराटनगर– १६ का ३५ वर्षीय मणिकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१६ का दरैयाको बाँस झ्याङमा गत आइतबार ‘मेडइन युएसए’ लेखेको नाईन एमएम पेस्तोल र दुई थान गोली प्रहरीले फेला पारेको थियो ।

उक्त पेस्तोल र गोली पक्राउ परेका सिंहले राखेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पेस्तोल आफैले राखेर प्रहरीलाई खवर गरेको प्रमाण जुटेपछि पक्राउ गरेर सिंहलाई हातहतियार खरखजना मुद्दा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

भारतबाट पेस्तोल ल्याएको खुलेको छ । प्रहरीका अनुसार सिंहको ससुरालीमा २ वर्षदेखि जग्गा सम्बन्धी विवाद थियो । त्यही विवादमा अर्को पक्षलाई फसाउन सिंहले भारतबाट पेस्तोल ल्याएर घर नजिकैको बाँस झ्याङ राखिदिएको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here