Tune to BFM 91.2|Biratnagar

आफ्नो निर्वाचन क्षेत्रमा मात्र स्वास्थ्य सामाग्री

विराटनगर, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्रीहरु पठाउनु भएको छ । मोरङ क्षेत्र नम्बर ३ का स्थानीयतहमा कोरोना रोग रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री उठाउनु भएको हो ।

सुन्दरहरैचा, बेलबारी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकामा ढकालले स्वास्थ्य सामाग्री पठाउनु भएको हो । र्यापिट टेस्टकिट, थर्मलगन, पिपिई, सेनिटाइजर, क्याप, सर्जीकल तथा एन ९५ मास्क, ग्लोब्स, चस्मा लगायतका सामाग्रीहरु मंगलवार मन्त्रालयका टोलीले सम्वन्धित स्थानीयपालिकामा पुगेर बुझाएका छन ।

मन्त्रालयले पठाएको सामागी्रले बुझ्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कोरोनाको संक्रमण दिनप्रतिदिन वढिरहेको वेलामा उपलव्ध स्वास्थयसामग्रीहरुले थोरै भए पनि राहत मिल्ने बताउनुभयो । मन्त्री ढकालले यस अघि पनि आफनो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री पठाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button