Tune to BFM 91.2|Biratnagar

आम नागरीकलाई घर भित्रै बस्न १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुरोध

बिराटनगर, १२ चैत । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत देखिसकेको छ । कोरोना भाईरसको सक्रमण भएको पत्तो लागे संगै नेपाल सरकारले चैत ११ गते देखी १८ गते सम्म लकडाउनको घोषणा गरेको छ ।

कोरोना भाईरसको सक्रमणबाट जोगिन सबै जनालाई आ–आफ्नो घर भित्रै बसेर लक डाउनको उल्लघंन नगरिदिनु हुन १ नम्बर प्रदेश प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

हाम्रो आफ्नै सानो लापरवाहीले ज्यान समेत जान सक्ने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु हुन, प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न हुन, स्वास्थ्य स्वंय ब्यक्तिको सचेतनामा भर पर्ने कुरा भएकोले गाउ घर छिमेकमा कोही बिदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्नु हुन १ नम्बर प्रदेश प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

यसैबिच कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशका बिभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १ सय १२ लाई राखिएको छ । ५ जनाको आइसोलेसनमा उपचार भईरहेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार यो गएराति सम्मको तथ्याङ्क हो ।यस्तै ६९ जना होम क्वारेन्टाईनमा रहेका छन् ।

प्रदेश १ का प्राय सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरीएकाले उनिहरुको स्वास्थ्य परिक्षण गर्न सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् ।यसैबिच सरकारले चैत्र ११ गते देखि लागु गरेको लकडाउन उल्लघंन गरीसवारीसाधन चलाउने २०९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । ठुला साना गरी ८ सय ८१ वटा सवारी साधन पनि प्रहरीको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button