आरती स्ट्रिपका मजदुर आक्रोशित
विराटनगर, १६ पुस । मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिप प्रालिले कामबाट निकालेका मजदुर आक्रोशित भएका छन् । उनिहरुले उद्योग विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उद्योगले कामदार निकाले पछि पुस १२ गते मजदुरहरु क्षतिपूर्ती सहित काम दिलाइ पाऊँ भन्दै श्रम कार्यालय पुगेका थिए ।
पुस १२ मा नै श्रा कार्यालयले कामदारलाई पुनः बहाही गर्न उद्योगलाई पत्र काटेको थियो । तर उद्योगले श्रमको पत्रको अवज्ञा गर्दै प्रवेश गर्न नदिए पछि मजदुरहरु पुनः श्रम कार्यालय पुगेका छन् । पटक पटक गरेर एक सय ८४ जना कामदारलाई विना जानकारी उद्योगले कामबाट निकालेको छ । ३ वर्ष देखि आरती स्ट्रिपमा काम गर्दै आएका सुरज यादवले भन्नुभयो ‘अघिल्लो दिन काम गरेर घर गएको मान्छे विहान आउँदा गेट प्रवेश गर्न पाइएन, यस विषयमा उद्योगले कुनै जानकारी पनि दिएको छैन् ।’
नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा उद्योगले कामबाट निस्कासन गरेको उनले बताए ।लामो समय देखि काम गर्दै आएका कामदारलाई नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा उद्योगले कामबाट निस्कासन गर्नु दुःखद रहेको नेपाल श्रमिक कारखाना संघका जिल्ला अध्यक्ष श्रीप्रसाद साहले बताउनुभयो । लामो समय सम्म काम गरेका मजदुरलाई उद्योगले हाम्रा कामदार हैन भनेपछि बाध्य भएर श्रम कार्यालयमा जानु परेको उहाले बताउनुभयो ।
सरकारले तोकेको न्युनतम ज्याला तिन वर्ष देखि उद्योगले नदिएको उहाले बताउनुभयो । २०७४ भदै १९ गते देखि लागु भएको कानुन उद्योगले अहिले सम्म पनि लागु नगरेकोले कानुनको सहारा लिएको उहाले बताउनुभयो । ‘फेरी पनि श्रमको चिठीलाई उद्योगले अवज्ञा गरेको खण्डमा र श्रमले पनि न्याय दिलाउन आनाकानी गरेको खण्डमा जस्तोसुकै आन्दोलनका कार्यक्रम गर्न पछि नहट्ने उहाको भनाई छ ।