आरोहणको काव्यारोहणमा तुलसी दिवस

0
118

विराटनगर, २१ मंसिर । आरोहण गुरुकुल विराटनगरले सुरु गरेको काव्यारोहणको दोस्रो शृंखलामा वरिष्ठ कवि तुलसी दिवस उपस्थित हुने भएका छन् । हरेक महिनाको पहिलो शनिबार आयोजना हुने काव्यारोहणमा यसअघि आयामेली कवि बैरागी काइँला प्रस्तुत भइसकेका छन् । अग्रजहरुको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए । हाटखोलास्थित गुरुकुलको सुशीला कोइराला नाटकघरमा कार्यक्रम हुनेछ । कार्यक्रममा दिवसले करिब एक दर्जन कविता सुनाउनेछन् । सशुल्क हुने कार्यक्रममा विराटनगरसहित झापा, सुनसरी, इलाम, पाँचथर, धनकुटालगायतका साहित्यकारहरुको बाक्लो उपस्थिति हुने अर्का संयोजक रमेशचन्द्र अधिकारीको भनाइ छ । कवि सुनाउनकै लागि आधा विश्वभन्दा बढी घुमिसकेका दिवस संस्कृतिविद्समेत हुन् । उनको कविता वाचनशैली र आवाजलाई धेरैले मन पराउने गरेका छन्

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here