आरोहण–गुरुकुल विराटनगरमा एकल चित्रकला प्रर्दशनी

0
44

बिराटनगर, ३० चैत । चित्रकार हरिओम मेहता कोइरीको एकल चित्रकला प्रर्दशनी आजदेखि आरोहण–गुरुकुल विराटनगरमा सुरु भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरको प्रेक्षालयमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ३ दिने सो  निशुल्क चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै मन्त्री घिमिरेले कलाकार देशका सशक्त पथप्रदर्शक भएको बताउनु भयो । उहाँले प्रदेश सरकार कलाकार र कलाको उचित संरक्षणमा लाग्ने बताउनु भयो । सप्तरी हनुमाननगर ७ का मेहेताले इतिहास, संस्कृतिक र समाजका गतिविधिहरु समेटिएका २९ वटा चित्र प्रदर्शनीमा राख्नु भएको छ । यसअघि उहाँले काठमाडौं, विरगञ्ज, जनकपुरमा चित्रकला प्रदर्शनी गरिसक्नु भएको छ । उहाँले २ हप्तादेखि ६५ दिनसम्म लगाएर बनाएका चित्रहरु प्रर्दशनीमा राख्नुभएको छ । चित्र खरिद गर्न समेत सकिने चित्रकार मेहताले बताउनुभयो । प्रर्दशनीमा राखिएका चित्र २५ हजारदेखि १ लाख रुपैयासम्मका रहेको उहाँले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here