आर्थिक अभावमा थला परेका दिदीभाइको उपचार हुन थाल्यो

0
49

विराटनगर, २५ पुस । उपचार अभावमा मृत्युसँग लडिरहेका एकै परिवारका दुईजना दिदीभाइको उपचार हुने भएकोे छ । बेलबारी नगरपालिका वडा नम्बर ९ का स्थानीय नलबहादुर धिमालकी २२ वर्षीया छोरी आस्मा र ८ वर्षीय छोरा अमित धिमालको उपचार विपि कोईराला स्वास्थय बिज्ञान प्रतिष्ठान धरानमा उपचार हुन थालेको हो । आज देखी उनिहरुको उपचार हुन थालेको हो । उनीहरू जन्मिएको केही महिनापछि जीउमा सेतो दुबी देखा परेको थियो । उपचार गराउन आर्थिक अभावले नसकेको समयमा उनीहरूको उपचारमा बेलबारी नगरपालिकाले उपचारमा सहयोग गर्ने जनाई सकेको छ । दुबी शरीरभर फैलिएको र घाउ समेत हुन थालेकोको देखेपछि उनिहरुलाई उपचारमा लैजान हामीले आग्रह गर्यौँ’, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले भन्नुभयो, ‘उपचार गर्ने खर्च समेत छैन भनेपछि नगरपालिकाले उपचार गर्छ भनेर पठाएका हौ । उपचार गर्न नसक्दा दिदीभाइको आँखाको ज्योति गुम्ने खतरा बढिरहेका बेला प्रमुख सुवेदीले आफैँ चासो दिनु भएको हो् । आस्मा जन्मिएको ६ महिना र अमित जन्मिएको ३ महिनापछि उनीहरूको शरीरमा सेतो दुबी आएको बाबु नलबहादुर ले बताउनु भयो । अरुको खेतीपाती गरेर परिवार पाल्दै आउनु भएका धिमाल दुवै छोरीछोरीको आँखा समेत बन्द हँुदै गएपछि थप चिन्तामा पर्नु भएको थियो । उनीहरूको उपचारका लागि वडा नम्बर ९ ले समेत सहयोग गर्ने वडा अध्यक्ष नगेन्द्र खड्काले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here